शुक्रबार थपिए ११८ संक्रमित
गएको २४ घण्टामा नेपालमा ११८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी २४ घण्टामा ११८ संक्रमित थपिएको जानकारी दिएको छ।
शुक्रबार थपिएको सहित नेपालमा संक्रमित संख्या १६ हजार ६४९ पुगेको छ। देशभरका २५ प्रयोगशालामा चार हजार ८१० जनाको पीसीआर परीक्षण गरिएको थियो।
अहिलेसम्म पीसीआर परीक्षणबाट दुई लाख ७५ हजार ९५१ जनाको परीक्षण गरिएको छ। अझै २३ हजार ९१० जना क्वारेन्टिनमा छन् भने आठ हजार ६०३ आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार, आधा संक्रमित निको भएर घर फर्किएका छन् भने ३५ जनाको मृत्यु भएको छ। शुक्रबारसम्म आठ हजार ११ जना संक्रमित निको भएर घर फर्किएका छन्।