अर्थ/बजार शुक्रबार, असार २६, २०७७

ब्यांकलाई ब्रोकर लाइसेन्स दिन सिफारिश

हिमालखबर

ब्यांकलाई ब्रोकर लाइसेन्स दिन सिफारिश

प्रतिनिधिसभाको अर्थ समितिले पुँजी र मुद्रा बजारसम्बन्धी अध्ययन प्रतिवेदन २०७७ पारित गरेको छ ।

सांसद रामकुमारी झाक्रीको संयोजकत्वमा गठिन उपसमितिको प्रतिवेदनलाई समितिले पारित गरेसँगै ब्यांकका सहायक कम्पनीलाई शेयर ब्रोकरको अनुमतिपत्र दिने बाटो खुलेको छ ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले पुँजीबजारको विकासका लागि ब्यांकलाई ब्रोकर लाइसेन्स दिन सिफारिश गरिएको बताए।

प्रतिवेदनले ब्यांकका सहायक कम्पनीलाई शेयर ब्रोकरको अनुमतिपत्र दिन सुझाव दिएको छ । तर, त्यसका लागि नियामक निकाय धितोपत्र बोर्डले आवश्यक तयारी गर्न सुझाव दिइएको छ।

पारित प्रतिवेदनले ब्यांक तथा वित्तीय संस्थाबाट रु. १ अर्बभन्दा बढी ऋण लिएका कम्पनीलाई अनिवार्य रुपमा पब्लिक कम्पनीका रुपमा दर्ता हुनुपर्ने कानूनी प्रबन्ध गर्न सिफारिश गरेको छ । तर, गिट्टी ढुंगा लगायतका प्राकृतिक स्रोत साधनसम्बन्धी काम गर्ने कम्पनीको हकमा भने पुँजी जति भएपनि पब्लिकमा लैजान सुझाव दिइएको छ।

प्रतिकृया दिनुहोस