नेकपा स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित
देशभर आएको बाढी, पहिरोका कारण उद्धारमा लाग्नुपर्ने जनाउँदै नेकपाले स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित गरेको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै बैठक सात दिनका लागि स्थगित गरेको जनाएका हुन्। उनले पार्टीपङ्तिलाई उद्धार तथा राहतमा लाग्न पनि केन्द्रीय कार्यालयको तर्फबाट निर्देशन दिइएको पनि जनाएका छन्।
श्रेष्ठले ट्विटमा लेखेका छन्, “देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित।”
यसअघि २४ असारमा अन्तिम पटक स्थायी कमिटी बैठक स्थगित गरिएको थियो। १० असारदेखि संचालित बैठक पार्टीभित्रको विवाद मिलाउन बारम्बार स्थगित भइरहेको छ।