देशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितको संख्या ८ हजार ६०५
नेपालमा आज कोरोनाभाइरसका १०८ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै कोरोनाका कुल संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १३९ जना संक्रमित निको भएर डिस्चार्ज भएको जानकारी दिए। योसँगै निको भएर घर फर्किनेको संख्या ७ हजार ८९१ पुगेको छ।
अब देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६०५ जना संक्रमितको उपचार भइरहेको छ।
जसमध्ये प्रदेश-१ मा १९६, प्रदेश-२ मा २ हजार २४, बागमती प्रदेशमा ४२९, गण्डकी प्रदेशमा ८६२ जना, प्रदेश-५ मा १ हजार ७२७, कर्णाली प्रदेशमा ४०५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९६२ जना संक्रमित उपचाररत छन्।