सार्वजनिक यातायात छोटो दूरीमा ५० प्रतिशत यात्रु राखेर चलाउन दिने सरकारको निर्णय
सरकारले बन्दाबन्दीका कारण ११ चैतदेखि गतेदेखि बन्द रहेका सार्वजनिक यातायात सुरक्षा मापदण्ड अपनाएर खोल्ने निर्णय गरेको छ।
२३ असारमा बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कुल सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दूरीका सवारीसाधन सञ्चालन गराउने जानकारी दिए। उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर तथा अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्रै सार्वजनिक सवारीसाधन चलाउन पाइनेछ।
सवारीसाधन चलाउँदा सवारी चालक र सहचालकले मास्क, पञ्जा, भाइजर र स्यानिटाइजर प्रयोग अनिवार्य गर्नुपर्ने र गाडीमा समेत स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने अर्थ र सञ्चारमन्त्री समेत रहेका डा. खतिवडाले बताए। सवारीसाधन दैनिक निस्संक्रमित गरेर मात्रै गुडाउनुपर्नेछ।
अब ट्याक्सी पनि सञ्चालनमा गर्न दिइने भएको छ। चालक बाहेक थप २ जना मिल्ने र एकै परिवारका भए ५ वर्षसम्मका अरु सदस्यहरु समेत ट्याक्सीमा चढ्न पाउनेछन्।
ट्याक्सीहरु तत्कालैबाट सञ्चालन भए पनि अन्य सार्वजनिक सवारीसाधन भने सुरक्षा प्रबन्ध मिलाएर सञ्चालन गर्न केही समय लाग्ने प्रवक्ता डा. खतिवडाले बताए।
भाडा ५० प्रतिशत वृद्धि
सरकारले यो मापदण्ड लागू हुँदासम्म प्रचलित भाडादरमा ५० प्रतिशत बढी लिन पाउने निर्णय समेत गरेको छ । कुल सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राखेर गुडाउन पाउने भएकाले भाडा बढाइएको हो।
ट्याक्सीमा भने पुरानै भाडादर कायम हुनेछ।
२३ असारको मन्त्रिपरिषद् बैठकका निर्णय: