ग्लोबल आइएमईद्वारा प्रदेश–२ लाई १० लाख सहयोग
ग्लोबल आइएमई ब्याङ्कले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश–२ सरकारलाई रु.१० लाख सहयोग गरेको छ।
बुधबार ब्याङ्कको प्रदेश–२ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
मुख्यमन्त्री राउतले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको अभियानमा ब्याङ्कले गरेको सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै ब्याङ्कलाई धन्यवाद दिए।