खेलकुद विहीबार, असार २५, २०७७

स्वारेजको निर्णायक गोलमा बार्सिलोना विजयी

हिमालखबर

स्वारेजको निर्णायक गोलमा बार्सिलोना विजयी

स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दै अग्रता घटाएको छ। बिहीबार बिहान सकिएको खेलमा स्पान्योल विरुद्ध जित निकाल्दै बार्सिलोनाले अग्रता घटाएको हो।

एक खेल बढी खेलेको बार्सिलोना रियल मड्रिड भन्दा एक अंकले मात्रै पछाडि परेको छ। लगातार दोस्रो जित निकाल्दै बार्सिलोना उपाधि होडमा मड्रिडको अग्रता नजिक पुगेको हो। बार्सिलोनाका लागि लुइस स्वारेजले निर्णायक गोल गरेका थिए।

पहिलो हाफ गोल रहित बराबरी खेलेको बार्सिलोनाका लागि स्वारेजले ५६औं मिनेटमा गोल गरे। उनको गोल नै निर्णायक बन्यो। दोस्रो हाफको पाँच मिनेट नबित्दै आसु फाटीले रेड कार्ड पाएपछि बार्सिलोना दश खेलाडीमा सीमित बनेको थियो। यसको तीन मिनेट नबित्दै फेरि स्पान्योलका पोल लोजनो पनि रातो कार्ड पाउँदै बाहिरिए।

यसपछि दुवै टीम दश खेलाडीमा सीमित बनेको थियो। अंक तालिकाको अन्तिममा रहेको स्पान्योललाई पराजित गरेपछि बार्सिलोनाले ३५ खेलबाट ७६ अंक जोडेको छ।

प्रतिकृया दिनुहोस