सिभिल बैंक छैठौं वर्षमा प्रवेश
सिभिल बैंक लिमिटेडले आफ्नो छैठौं वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरि मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा १० मंसिरमा वित्तिय साक्षरताको लागि प्रभातफेरीे आयोजना गरिएको छ । त्यस्तै बैंकको कमलादीस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव समारोह र रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा एक हप्तासम्म देशका बिभिन्न स्थानमा वित्तिय साक्षरताका बिभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लि।सँग मर्ज गरी एकिकृत कारोवार शुरु गरिसकेको सिभिल बैंकले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जनाएको छ । खरिद पछि बैंकको चुक्तापुँजी रु.५ अर्ब ५४ करोड पुग्ने छ ।
समाजप्रतिको जिम्मेवारी वहन गर्दै आफ्नो सेवाको परिधी र व्यवसाय वृद्धि गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले बताए ।