ग्लोबल आईएमईकाे कोरोना रोकथामका लागि रु.२० लाख सहयोग
ग्लोबल आईएमई ब्यांकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई नगद रु. २० लाख सहयोग गरेको छ।
ब्यांकको सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्दप्रसाद भट्टले एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागि निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेकोमा ब्यांकलाई धन्यवाद दिए।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लगायतको उपस्थिति थियो।