थप समाचार मंगलबार, असार २३, २०७७

ब्राजिलका राष्ट्रपति जायरा बोल्सोनारोलाई कोरोना संक्रमण पुष्टि

हिमालखबर

ब्राजिलका राष्ट्रपति जायरा बोल्सोनारोलाई कोरोना संक्रमण पुष्टि
तस्वीर: सीएनएन

ब्राजिलका राष्ट्रपति जायरा बोल्सोनारोलाई कोरोना संक्रमण भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार राष्ट्रपति बोल्सोनारोले ब्राजिलको टेलिभिजन च्यानलसँग कुराकानी गर्दै आफूलाई कोरोना पोजेटिभ भएको बताएका हुन् ।

"सबैलाई जानकारी भएकै कुरा हो, कोभिड-१९ ढिलो चाँडो ठूलो जनमानसमा पुग्ने निश्चित छ । र, यो मलाई पनि पुष्टि भएको छ," मंगलबार बोल्सोनारोले एउटा टेलिभिजन कार्यक्रममा भने ।

 

प्रतिकृया दिनुहोस