गंगालाल अस्पतालका बिरामीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीहरूमा कोरोनाभाइरसको संक्रमण देखिएपछि अस्पतालका आकस्मिक बाहेकका सबै सेवा स्थगित गरिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अस्पतालमा भर्ना भएका सात जना बिरामीमा कोरोनाभाइरसको संक्रमण देखिएको हो।
भर्ना भएका बिरामीमा संक्रमण भेटिएपछि अस्पतालले २२ असारमा सूचना जारी गर्दै मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा स्थगित गर्ने जनाएको छ।
गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीले कोरोनाभाइरसको संक्रमण चिकित्सक र स्वास्थ्यकर्मीलाई भने नदेखिएको बताएका छन् । “बिरामीमा संक्रमणपछि फैलिएपछि आवश्यक सतर्कता अपनाइएको छ,” डा. अधिकारीले भने।