अर्थ/बजार मंगलबार, असार २३, २०७७

शेयर बजारमा छलाङ, कारोबार रकम पनि बढ्यो

हिमालखबर

शेयर बजारमा छलाङ, कारोबार रकम पनि बढ्यो

शेयर बजार परिसूचक नेप्से मंगलबार ३७.९३ अंकले बढेको छ । बजार खुल्ने बित्तिकै बढ्न थालेको बजारले छलाङ मार्दै १ हजार ३३६.६६ विन्दु टेकेको छ।

मंगलबार बजारमा सबै समूहका उपसूचकहरु बढेका छन् । सबैभन्दा धेरै होटल समूह ८.८८ प्रतिशतले बढेको छ । शेयर बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बजारमा रु. १ अर्ब २१ करोड मूल्य बराबरका २८ लाख ८३ हजार कित्ता शेयर किनबेच भए । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.७१ अंकले बढेर २८२.५९ विन्दुमा पुगेको छ।

मंगलबारको कारोबारमा ५ वटा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेर सर्किट ब्रेकर लाग्यो । प्रुडेन्सियल इन्स्योरेन्स, मन्जुश्री फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त र ओरियन्टल होटलका लगानीकर्ताले १०–१० प्रतिशत नाफा कमाए।

नीखोला जलविद्युतका लगानीकर्ताले भने सबैभन्दा धेरै ३.८५ प्रतिशत गुमाए । ग्लोबल आईएमई लघुवित्त, घलेम्दी जलविद्युत लगायतका कम्पनीका लगानीकर्ताले पनि गुमाएका छन्।

 

प्रतिकृया दिनुहोस