खेलकुद सोमबार, असार २२, २०७७

*सर्वाधिक मूल्यमा सन्दीप लामिछाने अनुबन्धित, एक कराेड बढीमा सीपीएल खेल्ने

हिमालखबर

*सर्वाधिक मूल्यमा सन्दीप लामिछाने अनुबन्धित, एक कराेड बढीमा सीपीएल खेल्ने

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने सर्वाधिक मूल्यमा अनुबन्धित भएका छन्। क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीप लामिछाने एक करोड भन्दा बढी मूल्यमा अनुबन्धित भएका हुन्।

कोभिड महामारीका कारण भर्चुएल ड्राफ्टबाट सन्दीप दोस्रो चरणमा छनोट भए। उनलाई जमैका तलावाजले दोस्रो चरणमा छनोट गरेको हो। सन्दीपले आफ्नो मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए।

सीपीएलमा सन्दीप लामिछाने यो तेस्रो पटक अनुबन्धित भएका छन्। सन्दीपले पहिलो पटक सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए भने दोस्रो पटक बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए।

पहिलो पटक पाँच हजार डलरमा खेलेका सन्दीपले दोस्रो पटक एकै पटक ७० हजार मूल्यमा खेले। यसपटक ९० हजार डलरमा अनुबन्धित भएका छन्। यसअघि सन्दीप याे भन्दा बढी मूल्यमा द हन्ड्रेडमा अनुबन्धित भएका थिए। तर, महामारीका कारण खेल हुन सकेन। 

सन्दीप अन्तर्राष्ट्रिय फ्रेन्चाइजीका महत्वपूर्ण सदस्य बनेका छन् भने लगातार महँगो मूल्यमा अनुबन्धित भइरहेका छन्।

*सच्याइएकाे

प्रतिकृया दिनुहोस