सोमबार देशभर १८० जना कोरोना संक्रमित भेटिए
नेपालमा पछिल्लो २४२ घण्टामा थप १८० जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८० जना संक्रमित थपिएका हुन् ।
यससँगै मुलुकभर आजसम्म कुल संक्रमितको संख्या १५९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं जिल्लामा २४, भक्तपुरमा १० र ललितपुर जिल्लामा २० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै विगत २४ घण्टामा थप २ सय ६४ जना कोरोनामुक्त भएका छन् भने यीसहित हालसम्म कुल ६८११ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार कोरोनाबाट नेपालमा हालसम्म ३५ जनाको मृत्यु भएको छ।