उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा भेटिए ५४ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै ५४ जना कोरोना संक्रमित भेटिएका छन्। यो उपत्यकामा एकदिनमा भेटिएको आजसम्मकै बढी संक्रमित संख्या हो भने यससँगै उपत्यकामा कुल संक्रमितको संख्या २३९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ जना, ललितपुरका २०, भक्तपुरका १० जनामा कोरोना संक्रमण भेटिएको हो । साथै त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका एक जनामा कोरोना संक्रमण भेटिएको छ।