अर्थ/बजार सोमबार, असार २२, २०७७

एनएमबी ब्यांकले कञ्चनलाई प्राप्ति गर्ने

हिमालखबर

एनएमबी ब्यांकले कञ्चनलाई प्राप्ति गर्ने

एनएमबी ब्यांक लिमिटेडले कञ्चन डेभलपमेन्ट ब्यांकलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित भएको छ।

एनएमबी ब्यांक लिमिटेडको २१ असारमा सम्पन्न विशेष साधारण सभाले उक्त निर्णय गरेको हो।

कञ्चन डेभलपमेन्ट ब्यांकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मूल्य अनुपात (१००ः ८५) लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ।

जसअनुसार कञ्चन डेभलपमेन्ट ब्यांकका शेयरधनीहरुले कञ्चन डेभलपमेन्ट ब्यांक लि.को १०० कित्ता बराबर एनएमबी ब्यांक लिमिटेडको ८५ कित्ता शेयर प्राप्त गर्नेछन्।

सुदूर पश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्ट ब्यांकलाई प्राप्ति गरे पश्चात ब्यांकको चुक्ता पुँजी रु. १४ अर्ब ४५ करोड पुग्नेछ भने रिजर्भ ७ अर्ब ५ करोड पुग्नेछ। साथै, शाखा कार्यालयहरुको संख्या १८४ पुग्नेछ । ब्यांकको सुदूरपश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्नेछ।

प्रतिकृया दिनुहोस