बढी संक्रमित हुने तेस्रो मुलुक बन्यो भारत
गएको २४ घण्टामा २४ हजार २४८ संक्रमित थपिएसँगै भारत बढी संक्रमित हुने तेस्रो मुलुक बनेको छ। आइतबार थपिएको संक्रमित सहित भारतमा संक्रमित संख्या ६ लाख ९७ हजार नाघेको छ।
भारतमा ठूलो संख्यामा संक्रमित थपिएपछि रुस भन्दा भारतमा संक्रमित संख्या बढी हुन पुगेको हो। रुसमा ६ लाख ८० हजार संक्रमित पुष्टि भएको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, बितेको २४ घण्टामा ४२५ जनाको मृत्यु भएको छ। यो सँगै मृतक संख्या १९ हजार ६९३ पुगेको छ। अमेरिका, ब्राजिल, यूके पछि भारतमा धेरै मानिसको संक्रमणबाट मृत्यु भएको छ।
भारतमा दुई लाख ५३ हजार संक्रमित उपचारत छन् भने चार लाख २४ हजार बढी निको भएर घर फर्किएका छन्। भारतमा गएको २४ घण्टामा दुई लाख ८० हजारको स्वाब लिइएको छ। भारतमा अहिले औसत दैनिक दुई लाखको स्वाब संकलन हुँदै आएको छ।
भारत भन्दा बढी संक्रमित मुलुकमा अब अमेरिका र ब्राजिल मात्रै हो।