आज र भोलि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
आजबाट राष्ट्रिय भिटामिन ए कार्यक्रम शुरु भएको छ । यस कार्यक्रम अन्तर्गत पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइन्छ।
भिटामिन ए ६ महीनादेखि माथिकालाई खुवाइन्छ भने जुकाको औषधि भने एक वर्षदेखि पाँच वर्षमुनिकालाई खुवाउने गरिन्छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि आफ्ना बच्चाहरुलाई नजिकैका स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ।
सरकारको वार्षिक नियमित कार्यक्रम अनुसार वर्षको दुई पटक कात्तिक र वैशाखमा यो कार्यक्रम सञ्चालन हुने गरेकोमा यस वर्ष भने काेराेनाभाइरसको जोखिमका कारण वैशाखकाे कार्यक्रम स्थगन गरेर आज र भोलि गरिन लागेको हो।
२३ महीनासम्मका बालबालिकालाई पोषण तत्वसहितको बालभिटा पनि दिने गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज खुवाउन छुटेका बालबालिकालाई भाेलि खुवाउने कार्यक्रम छ।