समाचार सोमबार, असार २२, २०७७

चिनियाँ राजदूत र नेता नेपालबीच भेटवार्ता

हिमालखबर

चिनियाँ राजदूत र नेता नेपालबीच भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी छन्। राजदूत यान्छी नेता नेपाललाई भेट्न निवास नै पुगेकी थिइन्।

राजदूत यान्छी आइतबार साँझ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेकी थिइन्। नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला भएको यो भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पद छोड्न दबाब दिइएपछि नेकपाको स्थायी कमिटी बैठक १६ असारदेखि प्रभावित बनेको छ। प्रधानमन्त्री ओलीले संसद अधिवेशन नै अन्त्य गरेपछि नेकपा फुटकै संघारमा देखिएको छ।

यस्तो बेला चिनियाँ राजदूतको भेटवार्तालाई अर्थपूर्ण मानिएको हो। गएको वैशाखमा पनि नेकपामा संकट देखिंदा राजदूत यान्छीले सक्रियता देखाएकी थिइन्।

प्रतिकृया दिनुहोस