थप समाचार आइतबार, असार २१, २०७७

जबर्जस्ती करणीको आरोपमा २ जना पक्राउ

हिमालखबर

जबर्जस्ती करणीको आरोपमा २ जना पक्राउ

२९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई गोकर्णेश्वर नगरपालिका-७ माकलबारीबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बेशिगाउँ बस्ने दोलखा गौरीशंकर गाउँपालिका- ४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्‍वरी मनोहरा नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन बिष्ट छन्।

मादक पदार्थ सेवन गरी ती महिलालाई नसालु पदार्थ खुवाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस