विदेशी नागरिकलाई नक्कली नागरिकता बनाएको अभियोगमा पक्राउ
झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाई दिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
आचार्यलाई प्रहरीले काठमाडौं गठ्ठाघरबाट शनिबार पक्राउ गरेको हो । १० मंसीर २०७२ मा झुट्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता र राहदानी बनाई दिएको मुद्दामा जिल्ला अदालत झापाबाट वारेन्ट जारी भएका आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि आइतबार जिल्ला अदालत झापामा बुझाइएको छ ।