हराएका २० वटा मोटरसाइकल भेटाएर धनीलाई जिम्मा (सूचीसहित)
काठमाडौंबाट विभिन्न मितिमा हराएका २० वटा मोटरसाइकल प्रहरीले धनीलाई जिम्मा लगाएको छ।
मोटरसाइकल धनीले दिएको निवेदनका आधारमा प्रहरीले विभिन्न ठाउँबाट खोजी गरी उक्त मोटरसाइकल आज धनीलाई जिम्मा लगाएको जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले सवारीधनीलाई माेटरसाइकल हस्तान्तरण गरेका हुन्।
हराएका माेटरसाइकल अधिकांश महँगा छन् । ती मोटरसाइकल फेला पारी निवेदकहरुलाई जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जनाए।
हेराैं हराएका माेटरसाइकल फिर्ता पाउनेहरुकाे विवरण: