पीसीआर परीक्षण बढाउन सरकारलाई आयोगको आग्रह
कोरोना प्रभावित स्थानलाई पहिचान गरी रोकथाम र नियन्त्रणका लागि पीसीआर परीक्षणलाई बढाउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ।
घनाबस्ती भएका काठमाडौंजस्ता स्थानमा समुदायमा कोरोना संक्रमण फैलिए स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पुर्याउन र रोकथामका लागि पीसीआर परीक्षणलाई तीव्रता दिन आयोगले सरकारसँग आग्रह गरेको हो।
आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जारी विज्ञप्तिमा नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको जनाइएको छ।
आयोगले उपत्यकाका ढलहरूमा समेत कोरोनाकोभाइरस भेटिएको खबर सार्वजनिक भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कोभिड–१९ को संक्रमण पछिल्लो समय नेपालमा पनि उच्चस्तरमा फैलँदै गइरहेको विज्ञप्तिमा उल्लेख गरेको छ।