खेलकुद आइतबार, असार २१, २०७७

यूभेन्टसको शानदार जितमा रोनाल्डो र डिवालाको गोल

हिमालखबर

यूभेन्टसको शानदार जितमा रोनाल्डो र डिवालाको गोल

इटालियन सिरि ए मा लिग लिडर युभेन्टसले शानदार जित निकालेको छ। श्निबार राति सकिएको खेलमा टोरिनो विरुद्ध यूभेन्टसले शानदार जित निकालेको हो।

पहिलो हाफमै दुई–एक गोलको अग्रता बनाएको यूभेन्टसले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। खेलको तेस्रो मिनेटमै अर्जेन्टिनी स्ट्राइकर पाउलो डिवालाले यूभेन्टसलाई अग्रता दिलाएका थिए। २९औं मिनेटमा फेरि यूभेन्टसका लागि जुवान कौड्राडोले गोल गर्दै अग्रता दोब्बर बनाए।

तर, ६ मिनेट थप गरिएको अतिरिक्त समयमा टोरिनोले पेनाल्टीको अवसर पायो। पेनाल्टी मार्फत् टोरिनोले अग्रता घटाएको थियो। दोस्रो हाफमा क्रिश्चियानो रोनाल्डोले गोल गर्दै अग्रता बढाए। बल पोजिसन प्रतिश्पर्धात्मक देखिए पनि टोरिनो थप गोल गर्न सकेन।

बरु, कोफीले आत्मघाती गोल गरेपछि टोरिनो ४–१ गोल अन्तरले पराजित हुन पुग्यो। जितसँगै यूभेन्टसले अग्रता फराकिलो बनाएको छ। एक खेल बढी खेलेको यूभेन्टसले लाजियोलाई सात अंकले पछाडि पारेको छ। लाजियोले २९ खेलबाट ६८ अंक जोडेको छ।

प्रतिकृया दिनुहोस