सुर्खेत, बर्दिया र कैलालीका खोलामा बहाव बढ्न सक्ने अनुमान, सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले सुर्खेत, बर्दिया र कैलाली जिल्लाका साना खोलामा बाढीको आकस्मिक बहाव बढ्न सक्ने भन्दै सतर्क रहन त्यस क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।
शाखाले शनिबार साँझ जारी गरेको बाढी सम्बन्धी सूचना अनुसार, हाल बर्दिया, कैलाली, सुर्खेत, डोटी, अछाम, दैलेख र आसपासका जिल्लाका केही स्थानमा भारी वर्षा भइरहेको र थप केही घण्टा वर्षा हुनसक्ने अनुमान गरिएको छ। यसबाट सुर्खेत, बर्दिया र कैलालीका खोलामा आकस्मिक बहाव बढ्न सक्नेतर्फ शाखाले सजग तुल्याएको छ।
शनिबार राति १० बजेसम्म सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ।