थप २३२ जनामा कोरोना संक्रमण देखियो, उपचाररत संक्रमितको संख्या ९०४२ पुग्यो
नेपालमा हाल उपचाररत् कोरोना संक्रमितको संख्या ९०४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार हालसम्म नेपालमा १५४११ जनामा कोरोना संक्रमण देखिएको छ भने त्यसमध्ये ६४१५ जना उपचारपछि निको भइसकेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै २७२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएसँगै आइसोलेसनमा राखेर उपचार भइरहेका संक्रमितको संख्या ९०४२ पुगेको हो ।
साथै पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३४ पुगेको छ ।
हालसम्म ३३१२५ जना देशका विभिन्न भागमा क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयले २४६२९७ जनाको पीसीआर टेस्ट गरेको जनाएको छ ।