गोरखामा एक कोरोना संक्रमितको मृत्यु
गोरखामा उपचाररत एक जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ। गोरखा अस्पतालमा उपचारका क्रममा रहेका पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।
अस्पतालका अनुसार, मधुमेहका दीर्घरोगी रहेका उनको बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको हो।
यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ।
उनलाई संक्रमणको पुष्टि भएपछि शुक्रबार राति ९ बजेर ५५ मिनेटमा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
नेपालमा कोरोना संक्रमितमध्ये ९ हजार ८४ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कुल संक्रमित १५ हजार २५९ मध्ये ६ हजार १४३ जना निको भएर अस्पताल फर्किसकेका छन्।