बझाङमा पहिरो जाँदा १७ घर पुरिए, थप विवरण आउन बाँकी
बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर बगाएको छ। पहिरोबाट पुगेको क्षति विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
बझाङ प्रहरीका अनुसार, घटनास्थल सदरमुकामबाट निकै टाढा रहेकाले पहिरोबाट पुगेको क्षतिको विवरण आउन सकेको छैन।
स्थानीयको भनाइअनुसार, त्यहाँ १७ घर बगाएको छ। “डेढ घण्टा जति गाडीमा र चार घण्टा हिंडेपछि पुग्न सकिन्छ”, डीएसपी गणेशबहादुर बमले हिमाल खबरसँग भने।
उद्धारका लागि टोली परिचालन भएपनि त्यहाँ पुगिनसकेको उनले बताए। वडाध्यक्ष पनि प्रहरी टोलीसँगै भएकाले घटनाको विवरण आइसकेको छैन।