पछिल्लो २४ घण्टामा भेटिए ७४० जना कोरोना संक्रमित
नेपालमा पछिल्लो २४ घन्टायता ७४० जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै नेपालमा संक्रमितको संख्या १५२५९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा ४४८३ पीसीआर परीक्षण गरिएकोमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
हालसम्म जम्मा २४२२४७ पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यसैगरी क्वारेन्टिनमा ३५४७२ जना रहेका छन् भने आइसोलेसनमा ९०८४ जना संक्रमितहरूको उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२३ जना निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या ६१४३ पुगेको छ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।