नेकपा अध्यक्षद्वय ओली र दाहालबीचको वार्तामा भएन सहमति, भोलि पनि छलफल
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवाद समाधानका लागि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले तीन घण्टा छलफल गरेका छन्।
अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म छलफल भएको हो । तर, कुनै सहमति हुन नसकेको बताइएको छ।
छलफलमा दुवै अध्यक्षले आ–आफ्ना कुरा राखेका थिए । शनिबार पनि छलफल हुने भएको छ।
शनिबार बस्ने स्थायी समिति बैठक अगाडि दुई अध्यक्षबीच फेरि छलफल हुने बताइएको छ।
नेकपाभित्रको विवाद १० असारदेखि शुरु स्थायी कमिटी बैठकमा थप चर्किएपछि पार्टी फुटकै संघारमा पुग्न लागेको संशयसँगै शीर्ष तह र दुवै पक्षका दोस्रो पुस्ताका नेताहरुबीच भेटघाट बाक्लिएको छ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको आफूखुशी अगाडि बढ्ने कार्यशैलीप्रति तीव्र आलोचना गर्दै अधिकांश सदस्यले उनको राजीनामा मागेका थिए।