दार्चुलामा सशस्त्र प्रहरीका थप ३ वटा बीओपी स्थापना
सशस्त्र प्रहरी बलले दार्चुलमा एकै दिन ३ वटा बीओपी स्थापना गरेको छ । बिहीबार जिल्लाको मालिकाअर्जुन गाउँपालिका ४ जोलजिबी, लेकम गाउँपालिका ३ लाली र ब्यास गाउँपालिका २ दुम्लिङमा बीओपी स्थापना भएको हो।
यसअघि दार्चुलाको छाङरुमा बीओपी स्थापना भइसकेको छ । यो सँगै दार्चुलामा बीओपी संख्या ४ पुगेको छ । बिहीबार सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले बीओपी उद्घाटन गरेका हुन्।