सरकारको समर्थनमा माइतीघरमा प्रदर्शन (तस्वीर/भिडिओ)
काठमाडौंको माइतीघर मण्डलमा केपी शर्मा ओलीको सरकारको समर्थनमा प्रदर्शन भएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका वेला समर्थकहरूले प्रधानमन्त्री ओलीको समर्थनमा बिहीबार प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएकाहरूले विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिंदैन, सरकार ढाल्न पाइँदैन’ लगायत नारा लगाएका छन्।