संसद् अधिवेशन अन्त्यको सिफारिश राष्ट्रपतिद्वारा स्वीकृत
संघीय संसद्को चालू बजेट अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बजेट अधिवेशन अन्त्य गरिएको हो।
संघीय संसद्को दुवै सदनको अधिवेशन बिहीबार साँझ ५ बजेदेखि अन्त्य हुने राष्ट्रपति कार्यालयले संघीय संसद् सचिवालयलाई पठाइएको पत्रमा उल्लेख छ।
बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो।
संसद्को बजेट अधिवेशन २६ वैशाखमा शुरु भएको थियो।