मन्त्रिपरिषद् बैठक अगाडि राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री
मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।
प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए। मध्यान्ह १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका प्रधानमन्त्री बालुवाटार फर्किएका छन्।
आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका प्रधानमन्त्री ओलीले छलफलको अजेण्डाबारे भने केही बताएका छैनन्। स्थायी कमिटी बैठक सँगसँगै मन्त्रिपरिषद बैठक पनि चल्ने प्रधानमन्त्रीले जानकारी दिइएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला भेला तथा छलफलहरु बाक्लिएका छन्। बुधबार साँझ झम्सीखेलमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेला भएपछि बिहानै प्रधानमन्त्री ओली निकट नेताहरु खुमलटार पुगेका थिए।
दाहालसँग निकै लामो सम्वाद गरी नेताहरु बालुवाटार फर्किएका छन्।