प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन्। मध्यान्ह १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएको एक मन्त्रीले बताए।
त्यस अगाडि ११ बजे नै स्थायी कमिटीको बैठक राखिएको छ। मन्त्रिपरिषद बैठकको अजेण्डाबारे भने केही भनिएको छैन। स्थायी कमिटी बैठक सँगसँगै मन्त्रिपरिषद बैठक पनि चल्ने प्रधानमन्त्रीले जानकारी गराएका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला भेला तथा छलफलहरु बाक्लिएका छन्। बुधबार साँझ झम्सीखेलमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेला भएपछि बिहानै प्रधानमन्त्री ओली निकट नेताहरु खुमलटार पुगेका छन्।
खुमलटारको भेला लम्बिएकाले स्थायी कमिटी बैठक निर्धारित समय भन्दा केही धकेलिन देखिएको छ। प्रधानमन्त्री निकट नेताहरु दाहाल निवास खुमटारमै छन्।
याे पनि पढ्नुहाेस्ः प्रधानमन्त्री ओली निकट नेताहरु दाहाललाई भेट्न खुमलटारमा