संवैधानिक कानून व्यवसायी मञ्चको अध्यक्षमा बस्नेत
संवैधानिक कानून व्यवसायी मञ्चको १४ औं साधारणसभाले मञ्चको अध्यक्षमा ललितबहादुर बस्नेतलाई अध्यक्षमा चयन गरेको छ ।
आज काठमाडौंमा सम्पन्न साधारणसभाले मञ्चको उपाध्यक्षमा सरोजकृष्ण घिमिरे, महासचिवमा ओमप्रकाश अर्याल, सचिवमा अम्वर राउत र कोषाध्यक्षमा लिलाधर उपाध्यायलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा मनोज शर्मा, हर्कबहादुर रावल, दिनेश त्रिपाठी, रुद्र शर्मा, शर्मिला श्रेष्ठ र पवनकुमार जयसवाल चयन भएका छन् ।
संवैधानिक कानूनमा दख्खल राख्ने कानून व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको मञ्च गत १४ वर्षदेखि क्रियाशिल छ ।