खेलकुद विहीबार, असार १८, २०७७

बार्सिलोनासँग अग्रता फराकिलो बनाउने मड्रिडलाई अवसर

हिमालखबर

बार्सिलोनासँग अग्रता फराकिलो बनाउने मड्रिडलाई अवसर

स्पेनिस ला लिगामा उपाधि होड रोचक बन्दै गएको छ। उपाधि होडमा बार्सिलोना र रियल मड्रिडले एकअर्कालाई पछाडि पार्दै आएका थिए।

तर, लगातार दुई खेलमा बार्सिलोना बराबरीमै रोकिए पछि मड्रिडलाई अग्रता फराकिलो बनाउने अवसर मिलेको छ। बार्सिलोनाले एटलेटिको मड्रिड केल्टा भिगोसँग बराबरी खेल्दै अंक बाँडको छ। दुवै टीमसँग बार्सिलोनाले दुई–दुई गोलको बराबरी खेलेको थियो।

मड्रिडले भने लगातार पाँच खेल यता जित निकाल्दै आएको छ। एइबर, भ्यालेन्सिया, रियल सोसिडाड, माल्लोर्का र स्यान्योल विरुद्ध मड्रिडले जित निकालेको थियो।

केही अंकले पछाडि परेको मड्रिडले लगातार जित निकाल्दै बार्सिलोना विरुद्ध एक खेल अगाडि नै एक अंकको अग्रता बनाएको छ। गोल अन्तर पनि समान गरिसकेकाले मड्रिडलाई उपाधि होडमा अग्रता फराकिलो बनाउने अवसर छ।

आज राति हुने खेलमा मड्रिडले जित निकाले बार्सिलोनासँग चार अंकको प्रष्ट अग्रता निकाल्नेछ। यो अग्रता उपाधिका लागि महत्वपूर्ण हुनेछ। किनभने, केही खेल मात्रै बाँकी छ।

मड्रिडले आज राति गेटाफे विरुद्ध भिड्दैछ। यो खेल पछाडि मड्रिडसँग पाँच खेल बाँकी रहनेछ भने बार्सिलोनासँग पनि पाँचै खेल बाँकी रहनेछ।

प्रतिकृया दिनुहोस