थप समाचार बुधबार, असार १७, २०७७

भारत र पाकिस्तानद्वारा जेलमा रहेका एकअर्को देशका नागरिक रिहा

हिमालखबर

भारत र पाकिस्तानद्वारा जेलमा रहेका एकअर्को देशका नागरिक रिहा

भारत र पाकिस्तानले दुवै देशका जेलमा रहेका बन्दीहरुलाई रिहा गर्ने गरेका छन् । दुई देशले आ–आफ्ना देशका जेलमा रहेका माछा मार्ने मछुवा र अन्य थुनामा रहेका नागरिकलाई रिहा गरेका भारतको विदेश मन्त्रालयले जानकारी दिएको हो ।

सन् २००८ मा भारत र पाकिस्तानले विभिन्न कारणले दुवै देशका जेलमा परेका नागरिकहरूलाई छोडिने बारेको एक सम्झौता गरेका थिए । सो सम्झौताबमोजिम हरेक वर्षको जनवरी १ र जुलाई १ तारिखमा रिहा गर्ने भनिएको थियो ।

त्यस सम्झौता बमोजिम नै आज पनि दुवै देशका नागरिकलाई छोडिने भएको भारतको विदेश मन्त्रालयले जनाएको थियो । त्यस जानकारीअनुसार आज रिहा गरिएकामा भारतको जेलमा रहेका २६५ जना पाकिस्तानी नागरिक छन् भने अरु ९७ जना माछा मार्ने मछुवा नागरिक रहेका छन् ।

उनीहरूलाई भारतले पाकिस्तानसमक्ष हस्तान्तरण गरेको छ । त्यसैगरी पाकिस्तानले पनि ५४ जना भारतीय नागरिक र अरु २७० जना माछा मार्ने भारतीय मछुवा नागरिकलाई भारतसमक्ष हस्तान्तरण गरेको छ ।

उनीहरूलाई कूटनीतिक माध्यमबाट दुवै देशका अधिकारीहरूले एकै पटक छुटाएका थिए । बुधबार एकै समय पारेर भारत र पाकिस्तानका उच्च अधिकारीहरूले एक आपसमा दुवै देशका बन्दीहरूलाई हस्तान्तरण गरेका भारतको विदेश मन्त्रालयले जनाएको छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस