सामसङका चार स्मार्टफोन मोडलमा छुट
सामसङले आफ्ना ४ स्मार्टफोन मोडलको मूल्यमा छुट दिएको छ।
सामसङले दिएको छुट अनुसार पहिले रु.६७,५९९ रहेको सामसङ ग्यालेक्सी नोट १० लाइट अब रु. ५८,९९९ मा उपलब्ध हुने भएको छ।कम्पनीले यसमा रु.८,६०० को छुट उपलब्ध गराएको छ।
त्यसैगरी कम्पनीले ग्यालेक्सी ए७१ र ए५१ को पनि मूल्य घटाएको छ । अब ए७१ रु.४९,९९९ मा पाइने छ भने ग्यालेक्सी ए५१ को नयाँ मूल्य रु.३९,९९९ कायम गरिएको छ।
ग्यालेक्सी ट्याब ए १०.१ मा कम्पनीले रु.२,००० क्यासब्याक अफर ल्याएको छ अब यसको मूल्य रु.३२,२९९ कायम भएको छ।