ग्लोबल आईएमई ब्यांक र सेलपेबीच सहकार्य
ग्लोबल आईएमई ब्यांक लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र ब्यांकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ।
सहकार्य सम्झौतामा ब्यांकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकम प्रा.लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।
ग्राहकहरुले सेलपेमा आबद्ध गरी सकिएका अन्य ब्यांकमा वा त्यहाँबाट ग्लोबल आईएमई ब्यांकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन्।
ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् ।
यस मार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टीभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिटेन्स पठाउन–पाउन, बीमा रकम भुक्तानी, ईएमआई भुक्तानी, बीमा रकम भुक्तानी, कोभिड–१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने छ।