खेलकुद बुधबार, असार १७, २०७७

मेसीले पूरा गरे सात सय गोल

हिमालखबर

मेसीले पूरा गरे सात सय गोल

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले सात सय गोल पूरा गरेका छन्। मंगलबार राति एटलेटिको मड्रिड विरुद्ध बार्सिलोनाका लागि गोल गर्दै मेसीले सात सय  गाेल पुरा गरेका हुन्।

पहिलो हाफमा एक–एक गोलको बराबरीमा रहेको खेलको दोस्रो हाफमा मेसीले पेनाल्टी मार्फत गोल गरेका थिए। एटलेटिको मड्रिड विरुद्ध ५०औं मिनेटमा पाएको पेनाल्टी मेसीले गोलमा परिणत गरेका हुन्।

पेनाल्टी मार्फत् गोल गर्दै मेसीले आफ्नो करिअरमा देश र क्लब गरी सात सय गोल गरेका हुन्। मेसीले १२ वर्षमा हरेक वर्ष ४० भन्दा बढी गोल गरेका छन्। मेसीले सन् २०१२ मा सवैभन्दा धेरै गोल गरे।

सर्वोत्कृष्ट स्ट्राइकर मेसीले सन् २०१२ मा ९१ गोल गरेका थिए। त्यस वर्ष मेसीले ६९ गोल बार्सिलोनाका लागि र १२ गोल अर्जेन्टिनाका लागि गरेका थिए। मेसीले आफ्नो करिअरमा ३२१ एसिस्ट गरेका छन्। यो सहित मेसी एक हजार गोलको हिस्सेदार बनेका छन्।

मेसी भन्दा पहिले सात सय गोल पार गर्ने खेलाडीमा जोसेफ विकान (८०५), रामरियो (७७२), पेले (७६७), फेरेंक पुस्कास (७४६), गर्ड मुलर (७३५), क्रिश्चियानो रोनाल्डो (७२८) छन्।

प्रतिकृया दिनुहोस