खेलकुद बुधबार, असार १७, २०७७

केल्टा विरुद्ध माल्लोर्काको शानदार जित

हिमालखबर

केल्टा विरुद्ध माल्लोर्काको शानदार जित

स्पेनिस ला लिगामा केल्टा भिगो विरुद्ध माल्लोर्काले शानदार जित निकालेको छ। मंगलबार राति सकिएको खेलमा माल्लोर्काले केल्टा विरुद्ध पाँच–एक गोल अन्तरको शानदार जित निकालेको हो।

माल्लोर्काले पहिलो हाफमै तीन–शून्य गोल अन्तरको अग्रता बनाएको थियो। १३औं मिनेटमै पेनाल्टीको अवसर माल्लोर्काले पायो। अन्टे बुदीमिरले पेनाल्टी मार्फत् गोल गर्दै माल्लोर्कालाई अग्रता दिलाए। उनले दोस्रो हाफको ५२औं मिनेटमा पनि गोल गरेका थिए।

माल्लोर्काका लागि चुचो हेर्नान्डेजले २७औं मिनेटमा र अलेजेन्ड्रो हेर्नान्डेजले ४०औं मिनेटमा गोल गरे। दोस्रो हाफको ५०औं मिनेटमा केल्टाले पेनाल्टीको अवसर पायो। लगो आसपासले गोल गर्दै तीन–एक गोल समीकरण बनाए।

तर, ५२औं र ६०औं मिनेटमा माल्लोर्काले गोल गर्दै शानदार जित दर्ता गरे।

प्रतिकृया दिनुहोस