समाचार मंगलबार, असार १६, २०७७

छोरालाई बढी प्राथमिकतामा राख्दा लैंगिक भेदभावमा वृद्धि

हिमालखबर

छोरालाई बढी प्राथमिकतामा राख्दा लैंगिक भेदभावमा वृद्धि

संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष(यूएनएफपीए)ले मंगलबार ‘विश्व जनसंख्या स्थिति–२०२०’ प्रतिवेदन सार्वजनिक गरेको छ ।

युएनएफपीएले सार्वजनिक गरेको उक्त प्रतिवेदनले नेपालमा छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने संस्कारले लैंगिक भेदभावलाई बढावा दिएको र छोराको छनोट बढी हुने गरेका कारण शिशु जन्ममा लिंग अनुपातको असन्तुलन बढेको देखाएको छ ।

नेपालमा सन् २००५ मा एक सय नवजात महिला शिशु जन्मिदा एक सय १०३ नवजात पुरुष शिशु जन्मिने गरेका थिए । तर सन् २०१५ मा एक सय नवजात महिला शिशु जन्मिदा एक सय १० नवजात पुरुष शिशु जन्मिने गरेको यूनएफपीएले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

“यो तथ्याङकले विद्यमान लैङ्गिक असमानताका कारण छोरीको अवमुल्यन भईरहेको, प्रजनन दर घटिरहेको तथा छोरीलाई भन्दा छोराको चाहाना बढेको हुनाले गर्भपतन गर्ने अभ्यास वृद्धि भइरहेको कुरा प्रतिविम्बित गरेको छ,” प्रतिवेदनमा भनिएको छ ।

यूनएफपीएका अनुसार लाखौँ किशोरी आफ्नो परिवार, साथी एंव समुदायको पूर्ण जानकारि र सहमतिमा आफूलाई शारीरिक र भावनात्मक रुपमा हानी पुर्याउने अभ्यासको शिकार बन्न बाध्य छन् ।

जस्तो बालबिवाह गर्न परिवार, समाज र साथीहरुले नै सहमति दिने गरेको यूएनएफपीएले जनाएको छ ।

यूएनएफपीएका अनुसार लैगिंक असमानताका १९ हानिकारक अभ्यासमध्ये मुख्यगरि विश्वव्यापी रुपमा बालविवाह, छोरीको भन्दा छोराको चाहनालाई बढी प्राथमिकता दिने र महिला सम्बन्ध विच्छेद गर्ने क्रियाकलापहरु बढीरहेको छ ।

हानिकारक अभ्यासमध्ये स्तनको आकार मिलाउने र कुमारीत्व परिक्षण गर्ने सम्मका काम मानव अधिकार उल्लंघनका घटनाहरु हुन् ।

यूएनएफपीएका कार्यकारि निर्देशक डा. नतालिया कानेम किशोरीहरु विरुद्ध भरहेको बालविवाह जस्ता हानिकारक अभ्यासले उनीहरुमा गम्भिर खालको मानसिक आघात निम्त्याउने बताउँछिन्। उक्त प्रतिवेदनले नेपालमा लैगिंक असमानताको अवस्थामा पनि दयनिय रहेको देखाएको छ ।

नेपालमा कानुनले किशोर किशोरीका लागि विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । तर मुलुकका ४० प्रतिशत किशोरीहरुको विवाह १८ वर्षभित्रै हुने गरेको युनएफपीएको प्रतिवेदनले देखाएको छ ।

लैगिंक विभेद रोक्न किशोरीहरुको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउँदै उनीहरुमा लगानी गर्नुपर्ने, विवाह गर्ने उमेर बढाउनुपर्ने र छिटो बच्चा नजन्माउने कुराको सुनिश्चिता गर्नुपर्नेमा यूनएफपीएको जोड छ ।

बालविवाहलाई अन्त्य गर्न किशोरीहरूलाई लामो समयसम्म विद्यालयमा राख्ने र जीवनोपयोगी सिपहरु सिकाउन आवश्यक भएको यूएनएफपीएले जनाएको छ ।

लैगिंक भेदभाव कम गर्ने क्रममा भइरहेका प्रगतिहरुलाई कोभिड–१९ को महामारिले उल्टो दिशामा धकेल्ने देखिन्छ ।

यूएनएफपीएका कार्यकारि निर्देशक डा. कनेम भन्छिन्, “अझै पनि किशोरीहरु जोखिममा भएकाले महामारीले हाम्रो कामलाई थप जटिल र अझै जरुरी बनाएको छ ।”

प्रतिकृया दिनुहोस