सामसङ ग्यालेक्सी एम ११ नेपाली बजारमा
सामसङले हालै आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ।
ग्यालेक्सी एम ११ मा ६.४ इन्चको एचडी प्लस इन्फिनिटी ओ डिस्प्ले र ५००० एमएएचको ब्याट्री रहेको छ ।
चाँडै मोबाइल चार्ज गर्नका लागि १५ वाटको चार्जर तथा रियर फिङ्गरप्रिन्ट स्क्यानर जस्ता सुविधा यसमा रहेको छ ।
यस फोनको स्टोरेज क्षमता माइक्रो एस डी कार्डको माध्यमबाट ५१२ जीबीसम्म सहजै बढाउन पनि सकिन्छ।
ग्यालेक्सी एम ११ मा ट्रिपल रियर क्यामरा सेटअप अन्तर्गत १३ मेगा पिक्सलको मेन क्यामरा, ५ मेगा पिक्सलको अल्ट्रा–वाइड क्यामरा जसमा ११५ डिग्रीको फिल्ड भ्यु रहेको छ ।
यसमा २ मेगा पिक्सलको डेप्थ क्यामराका साथै लाइभ फोकस फिचर पनि उपलब्ध रहेको छ । ग्यालेक्सी एम ११ मा ८ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ । ग्यालेक्सी एम ११ मा डल्बी एटमोस प्रविधिको समायोजन गरिएको छ ।
ग्यालेक्सी एम ११ स्मार्टफोन नेपाल अधिराज्यभर रहेका सामसङका ब्राण्ड स्टोरहरुबाट यही असार ११, २०७७ बाट उपलब्ध भइरहेको छ।
मेटालिक ब्लु, ब्ल्याक तथा भ्वाइलेट कलरहरुमा उपलब्ध यो फोनको नेपाली बजारमा उपभोक्ता मूल्य रु. १८,९९९ रहेको छ ।