समाचार मंगलबार, असार १६, २०७७

एमाले दर्ताको आवेदन परेको बारे स्थायी कमिटीमा छलफल

हिमालखबर

एमाले दर्ताको आवेदन परेको बारे स्थायी कमिटीमा छलफल
null

नेकपाको स्थायी कमिटी बैठकको अजेण्डा प्रभावित बनेको छ। बैठक पछाडि प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअगाडि तय गरेको अजेण्डामाथि आज छलफल नभएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय दूतावास सक्रिय भएको अभिव्यक्ति दिएपछि त्यही विषयमा छलफल केन्द्रीत भएको प्रवक्ता श्रेष्ठले बताए। यसबाहेक निर्वाचन आयोगमा दुई दिन अगाडि नेकपा एमाले नामक पार्टी दर्ताका लागि आवेदन परेको बारे छललफल भएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार, झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दल दर्ताका लागि आवेदन दिएकी छन्। दाहालले एमाले दर्ताको आवेदनबारे प्रश्न उठाएका थिए। तर, प्रधानमन्त्री ओलीले आफ्नो दल नेकपा नै रहेकाले एमालेले दर्ताबारे जानकारी नभएको जवाफ दिएका थिए।

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम सहित १८ जनाले धारणा राखेका थिए। श्रेष्ठले यो बीचमा सचिवालयको बैठक समेत बस्ने बताए। अर्को बैठक भोलि एघार बजे बस्नेछ।

प्रतिकृया दिनुहोस