समाचार मंगलबार, असार १६, २०७७

थप ३१६ जनामा कोरोना सङ्क्रमण भेटियो, संक्रमितको संख्या १३५६४ पुग्यो

हिमालखबर

थप ३१६ जनामा कोरोना सङ्क्रमण भेटियो, संक्रमितको संख्या १३५६४ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । यससँगै मंगलबार अपरान्हसम्म देशभर भेटिएका कोरोना संक्रमितको संख्या १३५६४ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये १०३४१ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७११ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। अहिले देशभरि ५३०७० व्यक्ति क्वारेन्टिनमा छन्।

हालसम्म ३१९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

 

प्रतिकृया दिनुहोस