खेलकुद मंगलबार, असार १६, २०७७

साफ च्याम्पियनसिप यो वर्ष नहुने

हिमालखबर

साफ च्याम्पियनसिप यो वर्ष नहुने

दक्षिण एसियाली फुटबल महासंघले यो वर्ष हुने भनिएको साफ च्याम्पियनसिप नगर्ने भएको छ। महासंघले ७ सेटेम्बरदेखि आयोजना गर्ने भनिएको साफ च्याम्पियनसिप नहुने भएको छ।

यो बांग्लादेशको बंगबन्धु रंगशालामा १३औं साफ च्याम्पियनसिप आयोजना गर्ने तय भएको थियो। तर, कोरोना महामारी र अक्टोबरमा एएफसीले विश्वकप तथा एसियाकप छनोटका लागि ल्याएको प्रस्तावका कारण साफ च्याम्पियनसिप अर्को वर्षका लागि सारिएको हो।

यस्तै यू–१५, यू–१५ महिला र यू–१८ महिला साफ च्याम्पियनसिप पनि तत्काल नगर्ने महासंघले निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस