झापा, मोरङ र पर्सामा चट्याङ पर्ने सम्भावना
आज झापा, मोरङ र पर्साका सीमावर्ती क्षेत्रमा चट्याङ पर्न सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन त्यस ठाउँका बासिन्दालाई आग्रह गरेको छ ।
महाशाखाले प्रदेश नं. १ का झापा र मोरङ्ग आसपास तथा प्रदेश नं. २ को पर्साको सिमाक्षेत्रमा चट्याङ्ग सहितको हल्कादेखि मध्यम वर्षा गराउने बादल विकसित भएको जनाएको छ । ती ठाउँका नदीका सतह केही बढ्ने भए पनि सतर्कता विन्दुसम्म पुग्ने सम्भावना कम भएको महाशाखाले जनाएको छ ।
देशका अन्य केहि स्थानहरुमा समेत हल्का वर्षा भैरहेको छ। गोरखा आसपासका क्षेत्र तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षा भइरहेको भूउपग्रह तस्वीरहरुले देखाएको महाशाखाले जनाएको छ । देशको अन्य भागको मौसम भने अहिले सफा छ ।