समाचार सोमबार, असार १५, २०७७

पश्चिमतर्फ सर्दै सलहको झुण्ड, ठूलो क्षति नगर्ने अनुमान

हिमालखबर

पश्चिमतर्फ सर्दै सलहको झुण्ड, ठूलो क्षति नगर्ने अनुमान

तीन दिनअघि नेपाल भित्रिएको सलह पश्चिमतर्फ गइरहेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा सलहको अध्यन नियन्त्रण र रोकथामका लागि गठित प्राविधिक समितिका संयोजक सहदेव हुमागाईका अनुसार पूर्वी क्षेत्रमा देखिएका सलहका झुण्डहरु पश्चिमतर्फ गइरहेका छन्।

एउटा झुण्ड भने मकवानपुरको गठी क्षेत्रका डाँडाहरूमा घुमिरहेको र जंगल क्षेत्रका अग्ला रुखहरुमा बसिरहेको हुमागाईले बताए।

सलहको एउटा झुण्ड प्युठान हुँदै रोल्पा पुगेको छ । केही झुण्डहरु भने छुट्टिएर तितरबितर भएका छन् । अहिलेसम्मको जानकारी अनुसार सलहले ठूलो क्षति पुर्‍याएको छैन।

सलहको ठूलो झुण्ड भारतको उत्तरप्रदेश र विहार हुँदै नेपाली सीमा नजिकबाट पूर्वतर्फ गइरहेको उनले बताए । कपिलवस्तुमा हिजो देखिएको झुण्ड त्यसैबाट फुटेर आएको हुनसक्ने उनको अनुमान छ।

अहिले नेपालमा देखिएको सलहको झुण्डले ठूलो क्षति नगर्ने कृषि वैज्ञानिकहरुको अनुमान छ।

प्रतिकृया दिनुहोस