समाचार सोमबार, असार १५, २०७७

पछिल्लो २४ घण्टामा भेटिए थप ४७६ जना कोरोना संक्रमित, १ जना मृतकमा पनि संक्रमण पुष्टि

हिमालखबर

पछिल्लो २४ घण्टामा भेटिए थप ४७६ जना कोरोना संक्रमित, १ जना मृतकमा पनि संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टायता ४७६ जना कोरोना संक्रमित भेटिएका छन् भने थप १ जनाको मृत्युको कारण संक्रमण भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३२४८ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट ललितपुरको स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार श्वास प्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका १३ असारमा स्वाब संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो । सोही दिन बेलुकी नै उनको निधन भएको मन्त्रालयले जनाएको छ।

मृतकको रिपोर्ट १४ गते आएको हो । १ महीनादेखि फोक्सोमा समस्या आएका कारण विभिन्न अस्पतालमा उनी उपचारका लागि गएको मन्त्रालयले जनाएको छ । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ।

त्यस्तै थपिएका ४७६ जना कोरोना संक्रमितमध्ये ११३ महिला र ३६६ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितमध्ये १५८६ महिला र ११६६२ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।

प्रतिकृया दिनुहोस